Tuesday, September 26, 2023

घोडाघोडीमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरी को भब्य स्वागत(फोटो फिचर)

डेमोक्रेसी सम्बादाता पुस २३ घोडाघोडी
कैलालीको घोडाघोडी नगरपालिकामा श्रम रोजगार तथा तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीको भब्य स्वागत भएको छ।पुस २४ गते धनगढीमा हुने विशाल जनसभाको तैयारी को लागि आफ्नो निर्बाचन क्षेत्र मा आएका मन्त्री चौधरीले जनता सङ प्रत्यक्ष भेट गरेर सुदुर पश्चिम प्रदेशले इतिहासमै पहिलो पटक चार जना मत्री पाएको र दुई जना त जनजातिबाटै पाएको साथै कैलाली बाट मात्रै २ जना मन्त्री पाएकोले सुदुर पश्चिम प्रदेशको सम्मान भएको बताए।पाँच बर्ष सरकार चलाएर नेपाल्मा स्थायित्व र सुखी नेपाली समृद्ध नेपाल को सपनालाइ साकार पार्नको लागि दुई कम्युनिस्ट पार्टी एक भएको तर नेताहरुको पद्को स्वार्थले गर्दा त्यस्मा अबरोध भएकोले आफुले सरकार लाई साथ दिएको र समृद्ध नेपालको सपनालाइ साकार पार्ने का लागि आफुने प्रधानमन्त्री केपि शर्मा ओलि लाई साथ दिएको बताए।साथै सडकमा कालो झन्डा र नारा जुशुस आन्दोलन धेरै गरियो त्यस बाट केही उपलब्धी नहुने र त्यतातिर नलाग्न नेता कार्यकर्तालाइ आग्रह गरे। अब आन्दोलन गरेर सडकमा तमासा गरेर कहि कतै नपुगिने हुनाले ताजा जनादेशका लागि चुनाब को तैयारी मा लागेको र बैशाख मै चुनाव हुने र फेरि पनि दुई तिहाइ जनमत ल्याएर स्थाइ सरकार बनाइ सुखी र समृद्ध नेपाल को सपना पूरा गर्ने बताए ।प्रचण्ड – माधब नेपाल समुह बिच बाटैमा प्रधानमन्त्री लाई असयोग गरेर जनताको भरोसालाई घात गरेको बताए घोडाघोडी नगतपालिकाको विभिन्न वडामा भएको कार्यक्रम मा उत्त्साहजनक र व्यापक जनउपस्थिति रहेको थियो ।साथै पुस २४ गते हुने प्रधानमन्त्री केपी शर्मा ओलिको बिशाल जनसभामा उपस्थितिको लागि आवाहन समेत गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *