Saturday, September 23, 2023

प्रधानमन्त्री ओली आज धनगढी आउँदै

facebook sharing button
messenger sharing button
whatsapp sharing button
twitter sharing button
telegram sharing button
pinterest sharing button
email sharing button
sharethis sharing button

धनगढीः प्रधानमन्त्री एवंम् नेकपाका अध्यक्ष केपी शर्मा ओली शुक्रबार धनगढी आउँदै छन्। 

नेकपा सुदूरपश्चिम(ओली समूह) ले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न ओली श्री एयरलाइन्सको विमान मार्फत धनगढी आउन लागेको हुन्। 

विमानस्थलबाट प्रधानमन्त्री नेपाल राष्ट्र बैंकको गेष्ट हाउस जाने र त्यहाँ केही समय विश्राम गरेपछि खुला मञ्चमा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाले जनाएको छ। 

धनगढी रंगशालामा शुक्रबार दिउँसो १२ बजेदेखि जनसभा हुने नेकपाले जनाएको छ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन भएपछि दुई समूहमा विभाजित नेकपाको ओली समूहको भेलालाई सम्बोधन गर्न ओली पहिलो पटक सुदूरपश्चिम आइरहेका हुन्। 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *