Saturday, September 23, 2023

बाटोमा लुसे भएर हिडेको अछामी केटो लाई राजनीतिमा ल्याए,अहिले मान्छे भन्दा कुरा ठुला-प्र.म.ओलि

धनगढी: नेकपा ओली समूहले शुक्रबार धनगढीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली अर्को नेकपाका नेता भीम रावलमाथि खनिएका छन्।

प्रचण्ड–नेपाल समूहका सुदूरपश्चिम ईन्चार्ज भीम रावलका कारण प्रदेशको विकास नभएको ओलीको आरोप छ। 

धनगढीको जनसभालाई सम्बोधन गर्ने क्रममा प्रम ओलीले आफु १४ वर्ष जेल बसेको विषय उल्लेख गर्दै भने, ‘अछामको एउटा केटो म जेल बसेको बेला बाटोमा हिँड्दा हिँड्दै पुलिसले समातेर ल्याएछ र भेटाएर मैले राजनीतिकरण गरेको थिए। अहिले त कुराकानी सानातिना छैनन्। मान्छे भन्दा कुरा ठूला। नानी भन्दा नाना ठुलो। मान्छे भन्दा कुरा ठूला। यस प्रदेशको विकासको समस्या हुन् ती मान्छे। अब त्यो समस्या समाधान भएको छ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 25

Leave A Reply

Your email address will not be published. Required fields are marked *