Tuesday, September 26, 2023

सुदूरपश्चिमका मुख्यमन्त्रीमा संस्कारको खडेरी , प्रधानमन्त्रीको अपमान गरेको आरोप

धनगढीः शुक्रबार धनगढी आएर फर्किएका प्रधानमन्त्री एवंम् नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वागतमा मुख्यमन्त्री नगएको भन्दै आलोचना हुन थालेको छ। 

नेकपाकै ओली समूहका नेता कार्यकर्ता मात्र नभएर अन्यले समेत सामाजिक सञ्जाल फेसबुकमा देशको प्रधानमन्त्रीको स्वागतमा नजानुले मुख्यमन्त्री त्रिलोचन भट्टमा संस्कारको कमी देखिएको भन्दै आलोचना भइरहेको छ। 

‘म मुख्यमन्त्री त्रिलोचन भट्टलाई २०६५ देखि राम्ररी चिन्छु। उनी डोटीको राजपुरमा बस्दा कस्ता थिए? उनमा कस्तो संस्कार थियो? सबै जान्छु र बुझ्छु। त्यसबेला उनको दिनचर्या, संगत, खानपान, बसाई सवै झलझली सम्झन्छु,’नागरिक दैनिकका पत्रकार समेत रहेका कैलालीका पुष्पराज जोशीले फेसबुकमा लेखेका छन्।

जोशी थप्छन्, ‘तर,  शुक्रबार धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओली आउदा जुन शिष्टाचार भेट र स्वागत गर्नु पर्थ्यो त्यो नहुदा उनिमा गलत संस्कार र सस्कृति अवलम्वन गरेको देखियो। प्रधानमन्त्री त देशकै हुन्छ कुनै अमुक पार्टीको  हुदैन । भेट्दैमा के विग्रन्थ्यो र? तपाईकै हात माथि हुन्थ्यो नि भट्टजी?’

यस्तै कञ्चनपुरका हेमबाबु लेखकले पनि प्रधानन्त्री गृह नगरीमा आउँदा मुख्यमन्त्रीले शिष्टाचार भेटका लागि जानू राजनीतिक संस्कार हुने टिप्पणी गरेका छन्। 

लेखकले आफ्नो फेसबुकमा लेखेका छन्, ‘जुनसुकै पार्टीका भएपनि प्रधानमन्त्री धनगढी आउँदा शिष्टाचार भेटका लागि जानू मुख्यमन्त्रीको राजनीतिक संस्कार हुनुपर्थ्यो, जुन सामान्य मर्यादा पनि देखिएन त्रिलोचन भट्टमा। यस्ता राजनीतिक संस्कारविहीन मान्छेलाई  मुख्यमन्त्री बनाउनैपर्ने परिस्थिति कुन बाध्यताको उपज थियो भनेर प्रश्न गर्ने बेला भएन र!’ 

नेकपाकै ओली  समूहका सुदूरपश्चिम प्रदेश कमिटि सदस्य चुडामणी भट्टले पनि मुख्यमन्त्रीमा संस्कार नभएको लेखेका छन्। ‘सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीको बिषयमा अहिले सम्म धेरै बोलेको थिएन तर आज राष्ट्र को कार्यकारी प्रमुख आफ्नो प्रदेश मुकाम मा आउँदा सामान्य शिष्टाचार सम्म नगर्ने असभ्य ,कुसंस्कारी मुख्यमन्त्री लाई भन्न मन लाग्यो कम्रेड त्रिलोचन अब मैदान मा भेटौला।’फेसबुक स्टाटसमा भट्टले उल्लेख गरेका छन्। 

तर मुख्यमन्त्रीको सचिवालयले भने प्रधानमन्त्री धनगढी आएको विषयमा औपचारिक जानकारी समेत नभएको भन्दै बचाउ गरेको छ। 

मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले फेसबुक मार्फत नै जवाफ दिदै पार्टीको प्रदेश कमिटिको भेलामा आउँदा औपचारिक खबर समेत नभएको उल्लेख गरेका छन्। ‘प्रदेशमा पार्टीको भेलामा आउदा समन्वय र औपचारिक खबर पनि गर्नु नपर्ने तर शिष्टाचार भेट गर्नुपर्ने, नगरे संस्कारहिन हुनुपर्ने।  त्यसो नगर्दा  प्रदेशसभा र सरकार विघटन गर्नुपर्ने  कस्तो तर्क, अनि कस्तो सनक।’

उनले ८/८ महिनासम्म मुख्यमन्त्रीलाई सुदुरपश्चिम प्रदेशको महत्वपूर्ण कामका लागि प्रधानमन्त्रीले समय समेत नदिएको आरोप लगाएका छन्।  

तर ओली  समूहका प्रदेशसभा सदस्यहरु भने मुख्यमन्त्री भट्टले देशको प्रधानमन्त्रीको अपमान गरेको आरोप लगाउन थालेका छन्। 

मुख्यमन्त्रीको सचिवालयले प्रधानमन्त्री धनगढी आएको जानकारी नभएको दाबी गरेपनि प्रधानमन्त्रीका लागि गाडीको व्यवस्था भने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्कै कार्यालयले गरेको थियो।  साभार:-दिनेश खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *