धनगढीः मुख्यमन्त्रीले भौतिक पूर्वाधार विकास मन्त्री पठानसिह बोहरालाई पदमुक्त गरेको १० दिन नबित्दै बिहीबार ओली समूहकै अर्का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले समेत पदबाट राजीनामा दिएपछि अब दुईजना नयाँ मन्त्री को बन्छन् भन्ने सर्वत्र चासो बढेको छ।
नेकपा अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार धनगढीमा आयोजित जनसभालाई सम्बोधन गरेर फर्किएका बेला प्रदेशसभामा स्पष्ट बहुमतमा रहेको प्रचण्ड–नेपाल समूहले नयाँ मन्त्री कसलाई बनाउने भन्ने टुङ्गो लगाउन सकेको छैन्।
प्रचण्ड–नेपाल समूहका सुदूरपश्चिम इन्चार्ज भीम रावल निकट मानिने सुदूरपश्चिम प्रदेशसभा सदस्य हर्कबहादुर कुँवर भने अहिले मन्त्रीमण्डल विस्तारका विषयमा कुनै छलफल नभएको दाबी गर्छन्।
‘मन्त्री कसलाई बनाउने? के गर्ने भन्ने कुनै गृहकार्य नै भएको छैन,’ कुँवरले दिनेशखबरसँग भने, ‘तर माननीय ज्यूहरुले मन्त्री बन्नका लागि आकांक्षा राख्नु स्वभाविक हो त्यसलाई अन्यथा लिनु हुँदैन्।’