Tuesday, September 26, 2023

सडकबाट फैसला नगर्न पूर्व प्रधानन्यायाधीशहरुलाई प्रधानमन्त्री ओलीको चेतावनी

काठमडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकबाट फैसला नगर्न पूर्व प्रधानन्यायाधीसहरुलाई चेतावनी दिएका छन् । 

प्रज्ञा भवन कमलादीमा ओली पक्षीय राष्ट्रिय युवा संघ नेपालले गरेको कार्यक्रममा प्रधामनमन्त्री ओलीले पूर्व प्रधानन्यायाधीशहरुले सर्वोच्च अदालतलाई प्रभावित पार्न खोजेको बताए ।

उनले अदालतको संवैधानिक इजलासमा विचाराधीन मुद्दा सडकबाटै फैसला गर्न मिल्छ, उहाहरुले जे भन्नुहुन्छ त्यसै अनुसार फैसला हुनुपर्ने भन्दै प्रश्न गरे । 

उनले हण्डीबाट चलेको बोलीबाट न्यायालय प्रभावित नहुने उल्लेख गरे । संसदमा आफू दुई तिहाइ समर्थन प्राप्त प्रधानमन्त्री रहेको र अन्यले  सरकार बनाउने विकल्प नरहेकोले आफूले संसद विघटन गर्नु संविधा सम्मत भएको ओलीले दावी गरे ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *