डिमोक्रेसी सम्बादाता ,पुस२५ शनिबार सुखड
कैलाली जिल्लाको घोडाघोडी नगरपालिका सुखडमा शिक्षक हित बचत सहकारी सस्थाको बार्षिक साधारणसभा पुस २५ गते शनिबार सम्पन्न भएको छ।साधारणसभाको अध्यक्षता सो सस्थाकी अध्यक्ष ममता सुबेदीले गर्नु भएको थियो बने सस्थाका प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका नगरप्रमुख ममता प्रसाद चौधरी रहेका थिए।कार्यक्रमका बिशिस्ट अतिथि सस्थापक अध्यक्ष कर्ण भण्डारी रहेका थिए।कार्यक्रममा सम्पुर्ण शेयर सदस्यहरुको पनि उपस्तिथि रहेको थियो।कार्यक्रममा करिब ७ लाख बराबरको आयब्यय प्रस्तुत भएको थियो भने नगरप्रमुख ममता प्रसाद चौधरी लगायतका अतिथिहरुको शुभकामना मन्तव्य रहेको थियो।