Thursday, September 28, 2023

प्रधानमन्त्री आउँदा हटाइएको आयल निगमको ट्यान्कर पुनः ६ लेन सडक कब्जा गरेर पार्किंङ, निगम निरिहे

धनगढीः वषौँदेखि सडक कब्जा गर्दै आएका इन्धन बोक्ने धनगढीका ट्याङकर शुक्रबार भने मोहनापुल अत्तरिया ६ लेन सडकमा देखिएनन्। प्रधानमन्त्री केपी शर्मा ओली धनगढी आउने भएपछि अघिल्लो दिन साँझ नै त्यहाँबाट हटाइएका ट्याङकर प्रधानमन्त्री फर्किएपछि भने पुनः सडकमै पार्किङ गरिएको छ। 

ठाउँ अभावको कारण देखाउँदै सडक क्षेत्र कब्जा गर्दै आएका ट्याङकर निगमकै आग्रहमा व्यवसायीले चाहे भने अन्यत्र व्यवस्थापन गर्न सकिने कुरालाई शुक्रबारले पुष्टि गरेको छ। नेपाल आयल निगम धगढीका प्रमुख जीत रञ्जन दासले भने केही ट्याङकर पहाड गएको, केही भारत गएका र बाँकी रहेका ट्याकरलाई व्यवस्थापन गरिएको जिकिर गरे।

उनले भने, ‘प्रधानमन्त्री आएको दिन सडकमा ट्याङकर राख्नु भएन्। केही पहाड गएका थिए। केही भारत पनि गएका छन्। बाँकी रहेका ट्याँकरलाई हटाइएका थियौ।’

नेपाल आयल निगम धनगढीले डिपो अन्यत्र सार्न प्रक्रिया थालेको बताइएको छ। बस्तीको बीचबाट निगमको डिपोलाई गोदावरी नगरपालिका वडा नम्बर ८ को शिवशक्ति महिला सामुदायिक वनमा सार्ने प्रक्रिया थालिएको बताइएको हो। तर ट्याङकर व्यवस्थापनमा भने अझै चासो नदिइएको हो। 

शिवशक्ति महिला समूदायिक वन उपभोक्ता समितिकी अध्यक्ष हिरा शाहीले सामुदायिक वनको साधारण सभाले वन क्षेत्रमा डिपो स्थापनाका लागि स्वीकृति दिएको बताइन्। 

निगमले धनगढी उप–महानगरपालिका वडा नम्बर ३ मा ट्याङकर पार्किङका लागि जग्गा लिएर मासिक २० हजार भाडा तिर्दै आएको छ। तर स्थानीयको विरोधपछि वडा कार्यालयले ट्याङकर पार्किङ नगर्न भनेपछि सडकमै पार्किंङ हुँदै आएको छ।

तर अहिले पनि निगमले जग्गाधनीलाई मासिक भाडा तिर्दै आएको छ। अहिले आयल निगमको डिपो घना बस्तीमा रहेकाले आगलागीको जोखिम रहेको भन्दै स्थानान्तरणको तयारी थालिएकाले त्यसपछि पार्किङको समस्या नहुने दाबी गरिएको छ। 

निगमलाई गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउलेस्थित शिवशक्ति समूदायिक वन क्षेत्रमा डिपो स्थापनाका लागि महिला सामूदायिक वनको साधारण सभाले समेत स्वीकृत दिएको छ।  

महिला सामूदायिक वनको ३० विगाह वन क्षेत्रमा डिपो स्थापनाका लागि स्वीकृति माग गरिएको थियो। ८५ वटा ट्याङकर पार्किङ, सडक र अन्य भौतिक संरचना निर्माणका लागि ३० विगाह जमिन आवश्यक पर्ने निगमले जनाएको छ। 
 कमल सावद्को रिपोर्ट दिनेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 25

Leave A Reply

Your email address will not be published. Required fields are marked *