गणेश साउँद
कैलाली(कान्छा सामाजिक अभियन्ता केपी खनालले कैलालीमा सरसफाई अभियान सुरु गरेका छन्। ‘सके सफा गरौ नसके फोहोर नगरौं’ भन्ने मुल नाराका साथ सोमबार कैलालीको लम्कीबाट सुरु भएको सरसफाई अभियान राजमार्ग हुँदै मंगलवार धनगढी, मसुरिया हुदै मुख्य राजमार्ग क्षेत्रका बजारमा अभियान गरिएको छ ।
कान्छा अभियन्ता खनालको सहभागीतामा गौरीगंगा नगरपालिकाको मसुरिया बजारमा पनि ूआउनुहोस् राष्ट्रका लागि १ घण्टे सरसफाइ अभियानलाई समय दिउूँ भन्ने अभियान अन्तर्गत सरसफाई गरिएको थियो। विभिन्न सामाजिक कार्यमा सक्रिय देशकै कान्छा सामाजिक अभियन्ता भनेर चिनीने केपी खनालले मैनादेवी फाउण्डेसनको आयोजनामा मसुरिया बजार व्यवस्थापन समितिको सहकार्यमा सरसफाई अभियान गरेका हुन् ।
मसुरियामा सरसफाई अभियानको उद्घघाटन वडा नं ९ का अध्यक्ष हरि प्रसाद तिवारीले गरेका थिए । सरसफाई कार्यक्रमलाई् मसुरिया बजार व्यवस्थापन समितिले आजबाट नियमित रुपमा गर्ने समिति अध्यक्ष हरि प्रसाद जोशीले बताए ।
सार्वजनिक क्षेत्रको सरसफाई एक्लै सम्भव छैन भन्दै वडा अध्यक्ष तिवारीले हरेक नागरिकले आफुले गर्ने आनिबानी र व्यवहारमा मनैदेखि जागरुप हुन आबश्यक रहेको बताएका थिए । ‘ यस्तै अभियन्ता केपी खनालले सकेसम्म फोहोर नगरौ भन्ने उदेश्य लिएर यो अभियान सञ्चालन गरेको बताए।
उनले एक दिन मात्र सरसफाई देखाएर नहुने भएकाले यसलाई निरन्तरता दिन जरुरी रहेको बताए। सरसफाई अभियानमा व्यापारी, युवा समाजसेवी व्यक्ति तथा नेपाल प्रहरीको सहभागिता रहेको थियो।