Saturday, September 23, 2023

जस्तो सुकै शक्तिले पनि संसद् बिउत्याउन सक्दैनन् : मन्त्री ठगुन्ना

काम चलाउ सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिँह ठगुन्नाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी भित्रबाट र अन्तर्राष्ट्रिय शक्तिले काम गर्न नदिएपछि संसद् विघटन गरिएको बताएका छन्। 

बुधबार डडेल्धुरामा पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा उनले देश अस्थिरतातर्फ जाने संकेत पाएर संसद विघटन भएको बताए। ‘दुई तिहाईको सरकारका प्रधानमन्त्रीले संसद विघटन गरेर निर्वाचन घोषणा गरिसकेपछि अब त्यस बाहेकका जस्तो सुकै शक्तिले पनि संसद् बिउत्याउन सक्दैन्। अब निर्वाचन उपयुक्त विधि हो,’ उनले भने।

यस्तै केपी शर्मा ओली अध्यक्ष भएको समूह आधिकारिक नेकपा भएको उनले बताएका छन्। पुष्प कमल दाहाद प्रचण्ड–माधव नेपाल समूहले आधिकारीक नेकपा भनेर प्रचारबाजी गरेपनि ओली अध्यक्ष भएको समूह नै आधिकारीक भएको बताएका हुन्।

प्रचण्ड–माधव समूहले पार्टीको अध्यक्ष भनेर पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई भने पनि पार्टीको अध्यक्ष ओली नै भएको उनको भनाई छ। उनले अहिले सूर्य चिन्ह कसको भन्ने बहस चलेतापनि ओली समूहको भएको बताए।

‘नेपाल कम्युनिष्ट पार्टी नेकपा नेपालको कम्युनिष्ट आन्दोलनको मुलधारको रूपमा अगाडी बढ्छ। हाम्रा एजेन्डा भनेका मिचिएका भूमि फिर्ता लिने, राष्ट्रियताको संरक्षण गर्ने, सुखी नेपाली र समृद्ध नेपाल लगायतका हुन,’ उनले भने, ‘आगामी निर्वाचनमा प्रष्ट एजेन्डासहित जाने हो। नेपाली जनताले सहयोग गर्छन्।’

राजनीतिक आन्दोलन धेरै गरिसकेकोले अहिलेको समय भनेको सडकमा टायर बाल्ने, बिरोध गर्ने, गाली गलौच गर्ने अबस्था नभएको उनको भनाई छ। उनले नेपालको राजनीतिक इतिहासमा अब रचनात्मक कार्य गरेर जनतालाई परिवर्तनको महसुस गराउने समय भएको बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 12

Leave A Reply

Your email address will not be published. Required fields are marked *