डेमोक्रेसी सम्बादाता,पुस२९सुखड घोडाघोडी नगरपालिकामा आयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा )को अनौपचारिक माघी शुभकामना आदानप्रदान तथा उपलब्ध कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य तथा बिघठित प्रतिनिधि सांसद नारद मुनि रानाले सुर्य चुनाब चिन्न केपि शर्मा ओलिले नेतृत्व गरेको नेकपाले नै पाउने र विघठित संसद पनि कुनै हालतपनि पुनःस्थापन नहुने बताए ।पार्टीको एक नम्बर को अध्यक्ष र महासचिव अनि माइनेट आफू सङै रहेको र पार्टी एकता हुदा बनेको अंतरिम बिधान अनुसार पनि आधिकारिक नेकपा केपी नेतृत्व नै रहेकोले अब धेरै कन्फुजनमा नरहन र निर्धक्क सङ निर्बाचन् को तैयारी मा लाग्न पर्ने नेता कार्यकर्ता लाई बताए।अब जिल्ला हुँदै नगर र वडा का साथै गाउँ टोल सम्म संगठन बिस्तार गरि पार्टी बलियो बनाउन सबै नेता कार्यक्रता लाग्नु पर्ने बताए।विशेषगरि बिगतमा कैलाली जिल्ला पार्टी कमिटी मा तानाशाही प्रवृत्तिका र निशेध को राजनिती गर्ने गुन्दागर्दी शैलि का ब्यक्तिले गर्दा धेरै कार्यकर्ता लाई अन्याय र अत्याचर भएको र अब त्यस्ता प्रबृतिका ब्यक्तिहरु पार्टी बाट बाहिरी सकेकाले पनि अब सबैको मुल्यांकन हुने र सबैलाइ आवस्यकता अनुसारको जिम्मेवारी पाउने बताए साथै त्यस्तो गलत प्रवृत्ति फेरि पनि कसैलाइ नदोहोर्याउन सुझाव दिए।
संविधानलाई टेकेर् सबै बैधानिक ब्यबस्था अनुरुपनै प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गरेर नै बाध्यकारी अवस्थामा संसद विघटन गर्नु भएको र अब पुनःस्थापन हुने कुनै सम्भावना नै नरहेको बताए।