Tuesday, September 26, 2023

नेकपा कैलालीमा वडादेखि जिल्लासम्म नेता तानातान, को कति बलियो?

धनगढीः नेकपा विभाजनपछि कैलालीमा पनि वडादेखि जिल्ला तहसम्म पनि नेता कार्यकर्ता तानातानको सिलसिला जारी रहेको छ। 

पार्टी विभाजित देखिएपनि औपचारिक रुपमा अलग नभइसकेका बेला दुवै समूह सबै ठाउँमा बलियो उपस्थिती देखाउँने रणनीतिअनुसार नेता, कार्यकर्ता तानातानमा लागेका देखिन्छन्। 

प्रचण्ड–नेपाल समूहले जिल्ला कमिटिमा बहुमत पदाधिकारी र सदस्यहरु आफूसँगै रहेको दाबी गरिरहेको छ भने गाउँ र नगर कमिटिमा भने करिब दुवै समूह सामान हैसियतमा देखिएको जिकिर गरिएको छ। 

जिल्लामा एक समूहले अर्को समूहका नेतामाथि कारवाही गर्दै आफूअनुकुलको संगठन विस्तारका कामलाई गति दिइएको छ। 

पार्टी एक हुँदा कायम रहेको १ सय ७५ सदस्यीय जिल्ला कार्य समितिलाई ओली समूहले विस्तार गर्दै ५ सय ५१ सदस्यीय बनाएको छ भने अर्को समूहका नेतामाथि कारवाही गरिएको छ। 

तर तत्कालीन नेकपा एमाले र नेकपा माओवाली केन्द्रको एकतापछि गठित कार्यसमितिका अध्यक्ष रतनबहादुर थापासहित ३५ जना मात्र प्रधानमन्त्री ओली समूहमा रहेको दाबी अर्को समूहले गर्दै आएको छ।

एक सय ४० जना भने आफूसँगै रहेको प्रचण्ड–नेपाल समूहका जिल्ला सचिव लालबहादुर सोडारीले दाबी गरे। 

“जिल्ला कमिटिमा हाम्रो २ तिहाइ छ। एक सय ४० जना हामीसँग रहेका छन्। कोही पनि ओली समूहमा गएका छैनन्,” उनले भने।

तर ओली समूहले भने जिल्ला कमिटिका झण्डै एक सय बढि संख्या आफ्नो पक्षमा रहेका बताउँदै आएको छ। 

स्थानीय तहका निर्वाचित प्रमुख, उप–प्रमुखहरुमा पनि बहुमत संख्या आफूतिरै रहेको जिकिर गरिएको छ। खासगरी गोदावरी, गौरीगंगा, घोडाघाोडी, टीकापुर नगरपालिका र चुरे तथा मोहन्याल गाउँपालिकाका प्रमुख र उपप्रमुख आफूसँगै भएको नेकपा ओेली समूह कैलालीका नेता रणबहाहदुर चन्दले बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *