January 6, 2021

थप १५७३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७३ हजार नाघ्यो

डेमोक्रेसी संवाददाता/११ असोज

। थप १५ सय ७३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७३ हजार ३ सय ९४ जना पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार १ सय २३ जनामा नमुना परीक्षण गर्दा १५ सय ७३ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।मन्त्रालयका अनुसार आज ८ सय ८५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५३ हजार ८ सय ९८ जना रहेको छ । आज १० जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय ७७ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *