युवा व्यवसायी बोहरा ले गरे मदन आश्रित प्रतिक्षालय निर्माण मा सहयोग


डेमोक्रेसी संवाददाता/असोज ११
घोडाघोडी नगरपालिका वार्ड नं १ पूर्व पश्चिम राजार्गअन्तर्गत सुखड चोकमा निर्माण हुँदै गरेको मदन आश्रित यात्रु प्रतिक्षालय का लागि घोडाघोडी नगरपालिका १ सुखड, जनकपुर निवासी कोसिस स्टोर का संचालक उदीयमान युवा व्यवसायी थम्मन बोहरा ले रु.१५५५५ /- (पन्ध्र हजार पाँच सय पचपन्न ) सहयोग गर्नु भएको छ ।बोहोराले कोभिड-१९ को महामारीको बीचमा पनि असाय गरीब तथा प्राकृतिक विपत्तीमा परेका परिवारजनलाई सहयोग गरी सेवा भाबना प्रदर्शन गर्दै आउनु भएको थियो साथै जनज्योति मावि को स्तर उन्नती का लागि आयोजित विराट बैदिक ज्ञान महायज्ञ मा एक कट्टा नम्बरी जग्गा भुमिदान स्वरूप विद्यालयलाई प्रदान गर्नु भएको थियो।