January 5, 2021

बलात्कार घटनामा मिलापत्र गराउनेलाई पनि कारबाही गर्न गृहमन्त्रीको निर्देशन

धनगढी १२ असोज।  गृहमन्त्री रामबहादुर थापा‘बादल’ले बलात्कारका घटनामा मेलमिलाप गराउने, पञ्चायती बस्ने कार्यमा संलग्नहरूलाई पनि मतियारको रूपमा पक्राउ गरी कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

बलात्कारका घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आज गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएको अखिल नेपाल महिला संघ (अनेमसंघ)का प्रतिनिधिमण्डल र बझाङ जिल्लाका जनप्रतिनिधिमण्डलसँगको संयुक्त भेटमा गृहमन्त्री थापा बलात्कारजस्तो जघन्य अपराधमा मिलापत्र गराउनु ठूलो अपराध भएको टिप्पणी गरे ।

उनले यस्तो मिलापत्र गराउनेलाई कारबाहीको सुनिश्चितता विद्यमान कानुनले गरेको बताउँदै आवश्यकपरे थप कडा कारबाहीको प्रावधान राख्न कानुन संशोधन गरिने बताए । उनले बलत्कारका घटना समाजका लागि लज्जाको विषय भएको भन्दै यस्ता घटना रोक्न सरकार संवेदनशिल र गम्भीर रहेको बताए ।

सो क्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पछिल्ला दिनमा भएका बलात्कारका घटनामा संलग्न अधिकांश आरोपी प्रहरीले पकाउ गरिसकेको जानकारी दिँदै मिलाउपत्र गराउने कार्यमा संलग्नसमेतलाई कारबाही अघि बढाइएको बताए ।

ज्ञापनपत्र बुझाउँदै अनेमसंघका संयोजक अमृता थापाले पछिल्ला दिनमा महिलाहिंसा र बलात्कारका घटना बढेको भन्दै त्यस्ता घटनामा संलग्नलाई कारबाही, पीडितलाई उपचार, सुरक्षा र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग राखिन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *