वडा कार्यालयमा तालाबन्दि


सल्यानको छत्रेश्वरीगाउँपालिकामा कार्यरत करार सेवाका कर्मचारीले सबै वडा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिदिएका छन्।
आफूहरुको सेवाको समयावधि गाउँपालिकाले थप नगरेको जनाउँदै उनीहरुले तालाबन्दी गरेका हुन्। तालाबन्दी पछि सेवाप्रवाह समेत प्रभावित हुन पुगेको छ।
करार कर्मचारी सङ्घर्ष समितिका संयोजक दिलीप बोहराले भने “हामीले हाम्रा मागको सुनुवाई गर्नका लागि पटक पटक सम्बन्धित निकायसमक्ष कुरा पु¥याएका छौँ। ती निकायबाट हाम्रो मागको सुनुवाई नभएपछि बाध्यभएर तालाबन्दी गरेका हौ।”
गाउँपालिका अध्यक्ष सन्तोष केसीले गाउँपालिकाले आवश्यकताका आधारमा करारमा कर्मचारी नियुक्त गरिएकोले नहटाउने जानकारी दिए।