कञ्चनपुरमा बलात्कार मुद्दामा कैद तोकिएका २ जना फरार प्रतिवादी पक्राउ


असोज १४,
जबरजस्ति करणी मुद्धामा कञ्चनपुर जिल्ला अदालतबाट २ बर्ष ६ महिना कैद फैसला तोकिएका बेलौरी नगरपालिका २ बस्ने २७ वर्षीय ज्ञान सिंह राना २०७३/०४/२३ गते देखी फरार रहेका थिए भने जबरजस्ति करणी मुद्धामै ६ बर्ष कैद फैसला तोकिएका पुर्नवास नगरपालिका ३ बस्ने ३७ वर्षीय जोगी धामी २०५९/०२/२५ गते देखी फरार रहेका थिए।
फरार रहेका दुवै प्रतिवादीहरुलाई कञ्चनपुर प्रहरी कार्यालयको मातहतबाट खटिएको प्रहरी टोलिले बुधबार आफ्नै घरमा लुकीछिपि बसिरहेको अबस्थामा पक्राउ गरेको प्रहरी नायव उपरीक्षक एवं कञ्चनपुर प्रहरी प्रवक्ता अमर बहादुर थापाले बताएका छ्न । दुवैजनालाई पक्राउ गरि जिल्ला अदालतमा पेश गरिएपछि अदालतबाट कैद भुक्तानका लागी कारागार चलान गरीएको समेत प्रहरी प्रवक्ता थापाले बताए ।