January 6, 2021

छडी मा.बि.का प्र.अ जयनारायण आचार्यले गरे प्र.अ पद हस्तान्तरण

कैलाली -घो न पा १बेलार स्थित छडी मा. बि.बेलारका प्र.अ जयनारायण आचार्यले प्र.अ पदबाट स्वैच्छिक राजिनामा दिनुभएको छ।उक्त पदमा सोही बिध्यालयका शिक्षक छबीलाल सापकोटा नियुक्त हुनुभएको छ।जयनारायण आचार्य बिगत ३०/३१ बर्ष देखि निरन्तर प्र.अ पदमा कार्यरत हुनुहुन्थ्यो।लो प्रोफाइलमा रहेर ठुल्ठुला कार्य गरेरे देखाउनुभएका नि बर्तमान प्र.अ ज्युले आफ्नै नेतृत्वकालमा बिध्यालयको स्तर वृद्धि सहित माध्यमिक तह स्थापना गरि सन्चालनमा ल्याउनु भएको छ। जागिरको सेवाअबधी सम्म प्र.अ.पदमा रहिरहने अबसर र उचित वातावरण रहदरहदै पनि क्षमतावान पछिल्लो पुस्तालाई थप जिम्मेवार सहित अबसर दिन प्र.अ.पद हस्तान्तरणले युवा पुस्ताका शिक्षकहरु बिच उहाको लोकप्रियता शिखरमै छाएको छ।हाल बिध्यालयमा २०/२५ लाख नगद सहित नया पुस्तालाई आफुले हस्तान्तरण गरेकोले बाकी दिनमा पनि बिध्यालय संन्चालन गर्न कुनै समस्या नरहने उहाको दाबी छ। बिध्यालय संचालनमा नयाँ नेतृत्वलाई आउने जस्तो सुकै समस्या र चुनौतीमा सदा आफ्नो साथ रहने पनि उहाँले हामी सित बताउनुभएको छ।