January 6, 2021

राजनितिक बिश्लेषक दयालबहादुर शाहिको”टक्का शेर”लोक देउडा मार्फत

काठमाडौं -सम्माननिय रास्ट्रपतिबाट संविधान दिवसको अवसरमा मानपदवी अलङकार सुप्रवल जनसेवा श्री(तृतीय)बाट बिभुषुत हुनुभएका सु प्रसिद्ध लेखक,साहित्यकार,राजनितीक बेश्लेषक तथा नेकपाका बौधिक नेता दयाल बहादुर शाहिले बाजुराको आन्तरिक राजनिती र जिल्लाको पुर्वोत्तर क्षेत्र कुण्नाको राजनितिक मनोबिज्ञानमा आधारित रहेर साहित्यका माध्यमबाट”टक्का शेर”शिर्षकमा लोक देउडा गित प्रस्तुत गर्नुभएको छ।अहिले उहाको उक्त देउडा गित सामाजिक संजालमा भाइरल भएको छ।उहाको सिर्जना यश प्रकार छ।
टक्का सेर

हिमालकाे जग भेटिदैन नदीकाे मुल छैन
सज्जनसँग स्वार्थ छैन साधुकाे कुल छैन।
दिलबालाले छुचाे बाेल्या दुःख पाेख्नु कैथी ?
राजा तल रजबार थिया रजबार तल रैती।
एक पहाडका दुइ छन् पाखा नदीका दुइ किनार
अामाका दुइ लाम्टा चुस्ने भाइमा किन दरार ?
डाेटीलाइ अछामी जुम्ली अछामलाइ बजुराल
पारिकालाइ जुम्ली भन्ने नङमासुका कुन्नाल।
सूर्यलाइ ग्रहण लाग्छ काेतर लाग्छ बाेटी
गालीवर्षा चलेकाे छ कर्म हाे कि खाेटी?
बाजुरा टाकुरे राज्य जुम्ला महाराजी
अर्घेलाे गरेकाे हाेइन साेध्र्नु पंडित, काजी।
बाज जुर्या बाज जुर्या भन्दा बाजुरा बाेलियाे
बाज, चखेबा जुम्ला पुग्याे काेसेली गुलियाे।
दिदी भिना दाइजाे दिदै साम्राज्य टुक्रियाे
मान्छे बलवान कहाँ हुन्छ? समय बलियाे।
टक्का सेर काजीकाे माेल छ टक्का सेर छ भाजी
कांग्रेस छाेटाे बाेल्दैन छन् कम्युनिष्टै छन् पाजी।
पारीमात्रै चैत्या काँ छन् चैत्या याँ छन् बाैला
काँडा र छतरा नाैला मनाकाेटी नाैला।
समयका प्रतापले राेड बन्या बस कुध्या
तराइ अाेर्ल्या सबै चैत्या पहाडी नजुध्या।
काेल्टीमा दरबार थियाे बझांङी राजाकाे
फुर्काे अाफै तिर्नु पर्न्या सम्मानका बाजाकाे।
जुम्लीभन्दा झन् निचाेड्याे बझांङका डाेरले
मकन कांक्रा चाेर भन्याे चिचिण्डा चाेरले।
बझांङ पुग्याे चाम्ले मानु तिराे गयाे जुम्ला
अक्कल मती बनारसी कुरा मात्रै कुम्ला।
जुम्लीले चाैखुट्ट्या चिन्या बझांङीले महल
बाघ हुन्याँले शिकार गर्छ स्याल रहलपहल।
अाेठ भया दाँत राम्रा हुन्छन् दाँत भया अाेठ राम्रा
घाेचे पनि काेही बात छैन छाला छदै चाम्रा।
सांसद सभापति परि कुन्ना पर्ने उप
पारि अायाे माझ पर्रयाे बाल्नु छैन धूप।
मानिसलाइ पछि पार्ने यै मुलाकाजै हाे
बाजुरा पुछारकाे जिल्ला सबैलाइ लाजै हाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *