गौरीफन्टा नाका भएर भारत पठाईदिने भन्दै ठगी, धनगढीका तीन जना पक्राउ


धनगढीका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भारत जाने नेपालीको नक्कली काग्जातहरु तयार पारेको अभियोगमा धनगढी उप–महानगरपालिका वडा नम्बर २ का जयन्द्र स्वाँर र छत्र रावल तथा वडा नम्बर ४ का मानबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेको हो।
भारत जाने नेपालीहरुको नक्कली कागजात तयार पारेको सूचनाका आधारमा प्रहरीले मंगलबार दिउँसो उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुलाई सार्बजनिक हित बिरुद्दको कसुरमा मुद्दा दर्ता गरिएको र जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए।