कञ्चनपुरमा थ्रेसरको पट्टामा बेरिएर एक महिलाको ज्यान गयो, चालक राना पक्राउ


कञ्चनपुरमा थ्रेसरको पट्टमा बेरिएर एक महिलाको ज्यान गएको छ।
जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ७ की ४५ वर्षीय लक्ष्मी साउदको ज्यान गएको हो। ज्यालामा काम गर्दे आएकी ती महिलाको शुक्रबार विहान थ्रेसरको पट्टमा कपाल बेरिएर ज्यान गएपछि चालक ४५ वर्षीय गणेश राना लाई पक्राउ गरेको प्रवक्ता एवं डिएसपी अमर बहादुर थापाले बताए।
पक्राउ परेका रानामाथि सवारी चालकको पूर्ण पालना गर्न नसकेको भन्दै थप अनुसन्धान भइरहेको उनले बताए। मृतक महिलाको शव परिवारको जिम्मा लगाइएको छ।