January 7, 2021

धनगढीका थप ३२ जनामा कोरोना पुष्टि

धनगढीः सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आज थप ३२ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले ७ महिला र २५ पुरुष गरी ३२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *