January 7, 2021

प्रधानमन्त्रीका तिन सल्लाहाकार र स्वकीय सचीवलाई कोरोना पुष्टी”

डिमोक्रेसी सम्बाददाता ,असोज १७ -प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकार र स्वकीय सचिवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार गरिएको पीसीआर परीक्षणमा मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापाको पोजेटिभ आएको हो ।

यसैगरी प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारीलाई पनि संक्रमण पुष्टि भएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
खोज पत्रकार, लेखक तथा राजनितीक विष्लेषक राजन अधिकारी सॅंगको कुराकानीमा उहाॅंले सो कुराको जानकारी गराउनु भयको हो ।

आफुहरुलाई कोरोना संक्रमण पुष्टी भैसकोकोले अब हुने कुनैपनी भेटघाट समेत बन्द गरीयको उहाॅंले जानकारी गराउनु भयको छ ।

कोरोना आफ्न्त बाटै सर्ने भयकोले आफ्ना आसपारका ब्यक्ती बाट सतर्क रहनु पर्ने सबैसॅंग निष्चित दुरी कायम राख्नु पर्ने र मास्कको अनिवार्य प्रयोग गर्नु पर्ने समेत उहाॅंले बताउनु भयको छ ।

हाल दिनप्रतीदी कोरोनाको संक्रमण बढीरहोकोले सबैनागरीक सचेत र सजक रहनुपर्ने समेत बताउनु भयको जानकारी खोज पत्रकार, लेखक तथा राजनितीक विष्लेषक राजन अधिकारीले डेमोक्रेसी लाई जानकारी गराउनु भयको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *