January 5, 2021

कञ्चनपुरमा साढे दुई लाख बराबरको भन्सार छलीका सामान बरामद

कञ्चनपुरमा सशस्त्र प्रहरीले झण्डै साढे दुई लाख बराबरको भन्सार छलीका सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानबाट गरी दुई लाख ४९ हजार नौँ सय बराबरको भन्सार छलीका सामान बरामद गरेको हो।

जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ को झोलुङ्गे पुलबाट ४२ हजार बराबरको ट्रयाक्टरको पार्टस, भीमदत्त नगरपालिका वडा नम्बर १० जिमुवाबाट एक लाख ५० हजार बराबरको मोवायल सेट, पुनर्वास नगरपालिका १० बिकासबस्तीबाट सात हजार नौँ सय २० बराबरको खुद्रा सामान र बेलौरी नगरपालिका ६ नयाँगाउँबाट मुल्य ५० हजारको बराबरको ट्रयाक्टरको पार्टस बरामद गरिएको प्रहरीले जनाएको छ।

शैलेश्वरी गणबाट सशस्त्र प्रहरी निरिक्षक जय बहादुर महता र मातहतका सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट दोधराचाँदनी, बोर्डर आउट पोष्ट गड्डाचौकी, बोर्डर आउट पोष्ट दोधा र बोर्डर आउट पोष्ट बेलौरीबाट खटिएको गस्ती टोलीले ती सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि कञ्चनपुर भन्सार कार्यालयमा बुझाईएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *