थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु, मृतकको संख्या ५७८ पुग्यो


नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १५ जनाको मृत्यु भएको हो। जसमा ५ महिला र १० पुरुष रहेका छन्।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको छ। यो कुल संक्रमित संख्याको शून्य दशमलव ६१ प्रतिशत रहेको छ।