January 5, 2021

संघीयता सहयोग कार्यक्रम अन्तरगत धनगढी उपमहानगर पालिका लाई सामग्री हस्तान्तरण

धनगढी: यूएसएडको साझेदारीमा संचालित संघीयता सहयोग कार्यक्रम अन्तरगत धनगढी उप–महानगरपालिकालाई बुधवार बिभिन्न सामग्री हस्तान्तरण गरिएको छ।

धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडलाई कार्यक्रमका डेपुटी चिफ अफ पार्टी राकेश कर्णले ल्यापटप एक थना, राउटर एक थान, एयर कन्डिशन १ थान, ‘६५’ टिभी एक थान, पावर ब्याकअफ १ थान, अटोमेटिक स्टीप्लाईजर १ थान लगायतका सामाग्रीहरु हस्तान्तरण गरेको हो। नगरप्रमुख नृपबहादुर वडले सूचना प्रविधी हल तयार गर्नका लागि बिभिन्न उपकरण सहितका सामाग्रीहरु प्राप्त भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *