January 8, 2021

सेती नदीमा पौडी खेल्न गएका बालकको डुबेर ज्यान गयो

सेती नदीमा पौडी खेल्न गएका एक बालकको डुबेर ज्यान गएको छ। मंगलबार थलारा गाउँपालिका वडा नम्बर ९ मालुमेलास्थित सेती नदीमा ९ वर्षीय बालक दिवश खड्काको डुबेर ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय बझाङले दिएको जानकारी अनुसार बिहान घरबाट निस्केका विवशको दिउँसो कसैले खोजी नगरेको र बेलुकी ६ बजे खोजीका क्रममा शव फेला परेको जनाइएको छ।

विवशले नहाउन भनी कपडा खोलेर किनारमा राखेको हुँदा डुबेर ज्यान गएको हुनसक्ने प्रहरीको भनाई छ। 

अहिले घटनास्थलमा प्रहरी पुगिसकेको र शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएकोे बझाङ प्रहरी प्रमुख रुपक खड्काले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *