सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री शाहलाई कोरोना सङ्क्रमण


सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।


सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा शाहलाई सङ्क्रमण पुष्टि भएको हो । शाहले आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै सङ्क्रमित भएको सार्वजनिक गरेका छन् ।
उनले आफ्नो फेसबूकमा लेखेका छन,‘कोभिड–१९ को सङ्क्रमणमा परियो,छिटो पराजित गरेर सामान्य जीवनमा फर्किने विश्वासका साथ,निकट सम्पर्कमा रहेका मित्रहरूलाई स्वास्थ्य परीक्षण गरेर आइसोलेसनमा रहन अनुरोध छ ।’
शनिवार गरिएको परीक्षणमा मन्त्री शाह र उनकी श्रीमतीलाई पनि कोरोना सङ्क्रमण भएको छ