January 5, 2021

कैलालीको मोहन्यालमा जिप दुर्घटना हुदाँ १ जनाको मृत्यु, २ गम्भीर

कार्तिक १६ ,

कैलालीको मोहन्यालमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा घाइते भएका १५ जना मध्ये दुई जनाको अवस्था गम्भीर रहेको मोहन्याल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष नवीन पुन मगरले जानकारी दिएका छन । उनका अनुसार महोन्याल गाउँपालिका वडा नम्बर २ का ५० वर्षीय कविराज भण्डारीको ज्यान गएको छ ।

१६ जना यात्रु बोकेर घोडाघोडीको डोके बजारबाट पण्डौन तर्फ जाँदै गरेको सुप प्र ०१००१ च २६२३ नम्बरको जिप आईतवार मोहन्यालको बास पानीमा दुर्घटनामा परेको हो । जिप उकालो चढ्ने क्रममा टायर डुङ्गामा चढेपछि पल्टिएको प्रत्यक्षदर्शी समेत रहेका वडा अध्यक्ष पुन मगरले बताएका छन् । उनका अनुसार जिप सडकबाट करिब ३० मिटर तल खसेको छ । अवस्था गम्भीर रहेका घोडाघोडी नगरपालिका वडा नम्बर ८ दिपनगरका ६० बर्षीय खडक रावल र धनगढी उप(महानगरपालिका ४ बस्ने ५७ बर्षीय तपेन्द्र पाण्डेलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ भने अन्यको घोडाघोडी अस्पताल सुखडमा उपचार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *