January 5, 2021

नेपाल प्रहरी र सशस्त्र प्रहरीकै सहयोगमा अलौ नाकाबाट मौलायो तस्करी


पर्सा, १६ कार्तिक

नेपाल र भारतको सीमावर्ती क्षेत्रहरुबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा तस्करी कार्य मौलाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका केही भ्रष्ट प्रहरीहरुले तस्कर गिरोहहरु संग साटघाट गरिसके पश्चात सीमावर्ती क्षेत्रहरुबाट तस्करी कार्य मौलाएको हो ।
पर्साको अलौ नाका हुदै प्रहरीहरुकै सहयोगमा तस्करी कार्य सुचारु भएको छ । तस्कर संगठनहरुले प्रहरी संग समन्वय गर्नको निम्ति लाखौ रुपैया नजराना दिएपछि तस्करीको कार्य सुचारु भएको हो । अलौ नाका हुदै दिनप्रति दिन कपडा, हार्डवयेर, केराउ, चामल, कवाड, लगायतका तस्कर गिरोहहरुले स्थानीय प्रहरी चौकी श्रीसियाका प्रमुख प्रहरी नायब निरीक्षक गजानन्द साह र बोर्डर आउट पोष्ट अलौका प्रमुख प्रहरी निरीक्षक इश्वर अधिकारीले मासिक लाखौ रुपैया बुझे पश्चात तस्करीको लाइन दिएको उहाकै सशस्त्र प्रहरी श्रोतले जानकारी दिए । उनका अनुसार रातिको समयमा प्रति दिन करोडौको मालसमानहरु सीमा नाका हुदै आयात निर्यात हुने गरेको बताए ।
स्थानीय प्रहरी चौकी र स्थानीय बोर्डर आउट पोष्टको मिलोमतोमा तस्करी कार्य फस्टाएपनि सीमाको मुख्य जिम्मेवारी बहन गरिरहेका सशस्त्र प्रहरीका माथिल्लो निकायले त्यसतर्फ ध्यान नपुरयाएको बताइएको छ । सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाले तस्करी कार्य रोक्न खोजिएपनि तस्कर संगठनले रकमको लोभमा वहालाई समेत मौन गरेको बताइएको छ । सशस्त्र प्रहरी उपरीक्षक खडकाको मौनता हुनसाथ तस्कर गिरोहले अलौ नाकामा सकृत भएका छन ।
यता सीमा नाकाहरुबाट बन्द भएको तस्करी अलौ नाकाबाट सुचारु भएको बुझिन्छ । स्थानीय प्रहरी प्रशासनलाई मासिक १ लाखदेखी ४ लाखसम्म मासिक नजराना तस्कर गिरोहले दिने गरेको प्रहरी श्रोतले ठोकुवा गरे । उनले आफ्नो नाम नछाप्ने सर्तमा आ—आफ्नो माथिल्लो निकायसम्म तस्करीको रकम बाडफाड गरिएको बताउनु भयो । अलौ नाकाबाट कपडाको काम गर्ने बैझनाथ र केराउको तस्करी गर्ने सुनिल भनिनेले नाकामा आफ्नो कब्जा समेत जमाएको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *