January 3, 2021

विश्वमा नै एक चर्चित र गणतन्त्र स्थापना गराउने रोयल नायक “कमरेड_प्रचण्ड” हुन

विश्वमा नै एक चर्चित र प्रभावशाली बन्न सफल नेताहरुमध्येमा र गणतन्त्र स्थापना गराउने राष्ट्रका रोयल नायक कमरेड प्रचण्ड हुन |

यदि कमरेड प्रचण्ड नभएका थिए भने नेपालमा गणतन्त्र आउदैन थियो । गणतन्त्र को निमित्त भुमिगत भएर उहाँले जुन योगदान दिनु भएको हो ।
एउटा यस्तो जनताको तन्त्र बने छ जहाँ सैद्धान्तिक रूपले देशको सर्वोच्च पदमा आम जनताबाट कुनै पनि व्यक्ति पदासीन हुनसक्छ । यस प्रकारको शासनतन्त्रलाई गणतन्त्र भनिन्छ । अहिले नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो ।

हामी सबैलाई थाहा छ,नेपालमा संवैधानिक राजतन्त्रको अन्त्यष्टि र गणतन्त्र स्थापनाको माग गर्ने पार्टि भनेको माओवादी नै हो । जब नेपाल राजतन्त्र राज्य व्यवस्था संवैधानिक मा थिए त्यतिखेर जहाँ कुनै एउटा शाह वंशीय राजा रहने र भगवानको रुपमा मान्ने हाम्रो नेपाल मा चलन बनाएको र राजा भनेका देउता हुन् । जनतामा एक प्रकारको गुलामी भेष बनाइदिएका थिए । यी कुरामात्र इतिहास पढ्दा थाहा पाउन सकिन्छ । माओवादिले गणतन्त्र प्राप्तिको निमित्त आफ्नो महान अभियान जारी नै राखिरहयो। हो त्यो महान अभियान अगाडी बढाउँदै गर्दा हजारौले राष्ट्रको निमित्त बलिदानी दिनु पर्यो,कयौको काख रित्तिए त कयौ टुहुरा बने,तर हामी नेपालीले गणतन्त्र प्राप्त गरेका छौ। वास्तवमा राजतन्त्र मा जनताका जीवन दुःख र कष्टको समुद्र थिए । त्यसलाई हटाउने उहाँले आफ्नो देशका जनतालाई स्वतन्त्र बनाउन जनयुद्धको सुरुवात गर्नुभयो ।

जब नेपाल एक राजतन्त्र थिए । त्यति बेला ३०% जनता मात्र आफ्नो हकमा बाच्न पाउथे त्यो चाहिँ राजाका समर्थ थिए र बाकी ७०% दुख र राजाका चम्चाहरुको नोकर बनेका थिए । किनभने ७०% जति चाहिँ जनताले आफ्नो सन्तानलाई शिक्षित बनाउनुपर्छ भन्ने मा थिए र राजाका समर्थ थिएन ।
राजाका सन्तानले सदैव राज्य चलाउने र ऊ राजा बनिरहने परम्परा तोड्नको निमित्त उत्पत्ति भएको शब्द गणतन्त्र हो ।

नेपालका क्रियाशिल कुनै पनि राजनैतिक दलले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाको विषयमा सोचेका समेत थिएनन्। त्यति बेला राजतन्त्रको विरुद्ध हतियार उठाउने पार्टी माओवादीका अध्यक्ष थिए प्रचण्ड यानी कि प्रमुख नेतृत्व गर्ने गणतन्त्रका पिता र गणतन्त्रका रोयल नायक प्रचण्ड हुन । त्यति बेला शान्ति सम्झौता,संविधानसभा निर्वाचन,राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा, संविधान निर्माण,संघियता,धर्म निरपेक्षता, समानुपातिक समावेशिता लगायत सम्पुर्ण विषयमा प्रचण्डकै अग्रसरता र पहलकदमी प्रष्ट देखिन्छ। राज्य सत्ताको तालाचाबी जनताकै हातमा दिने माओवादी को योगदान हुन ।

लेखक :- कमरेड तनविर रेजा राइन
अनेरास्ववियू विद्यार्थी नेता, धनुषा |

Leave a Reply

Your email address will not be published. Required fields are marked *