January 5, 2021

एकीकृत अखिल नेपाल शिक्षक संगठन(UANTO)जिल्ला कमिटीको पुर्ण बैंठक सम्पन्न :


भजन शाही मसुरिया
एकीकृत अखिल नेपाल शिक्षक संगठन कैलाली जिल्ला समन्वय कमिटीको पुर्ण बैठक कैलालीको मध्य क्षेत्र गौरिगङ्गा न.पा को मसुरियामा सम्पन्न भएको छ।तिहार र छठ पर्वको अबसरमा शुभकामना आदानप्रदान सहित संगठन चलायमान,पेसागत हकहित र शैक्षिक गतिबिधिको बारेमा गम्भीर समिक्षा सहित व्यापक छलफल गरि निर्णय गरिएकोछ।संगठनका अगुवा नेता सहित जिल्ला समन्वय समितिका५०/६० जनाको सहभागितामा बसेको जिल्ला कमिटीको पुर्ण बैठक तथा शुभकामना आदनप्रदान कार्यक्रमको अध्यक्षता संगठनका जिल्ला अध्यक्ष धनबहादुर सिंहले गर्नु भएको थियो।बैठकको संचालन जिल्ला कमिटी सचिब मनबहादुर रावलले गर्नुभएको थियो।जिल्लाका १३ओटै पालिकाबाट रिपोर्टिङ लिइएको लिइ सुभारम्भ भएको जिल्ला कमिटी पुर्ण बैठक तथा शुभकामना आदनप्रदान कार्यक्रममा प्रमुख अथितिको रुपमा UANTO शुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष वीरबहादुर कार्की सहित सहित बिशिस्ट अथितिको रुपमा संगठनका केन्द्रिय सदस्य नरेन्द्र ओड,प्रदेश कमिटी सल्लाहकार अध्यक्ष मदनराज जोशी,प्रदेशका वरिष्ठ उपाध्यक्ष खडक मन्नी र प्रदेश उपमहासचिव रामप्रसाद सापकोटाको सहभागिता रहेको थियो।बैठकमा प्रस्तुत हुने प्रस्तावहरुको जानकारी बैठकका अध्यक्ष धनबहादुर सिंहले जानकारि गरिसकेपछी सुचारु भएको बैठकमा विभिन्न बक्ताहरुले समसामयिक बिषयबस्तु सहित शैक्षिक आन्दोलन र पेशागत अधिकारको बारेमा आफ्ना तर्कपुर्ण भनाई राख्नुभएको थियो।

संगठनको आगामी माघमा हुन गहिरहेको जिल्ला अधिबेशन सहित विभिन्न बिभागहरुको गठन, सदस्यता नवीकरण र सदस्यको अभिलेखिकरण चिस्तदुरुस्त गरि यहि मंसिर मसान्त भित्र जिल्ला कमिटीमा जानकारी गराउन सबै स्थानिय तहलाई निर्देशन दिने निर्णय भएको छ।आज बिहान UANTO लुम्बिनी प्रदेश अध्यक्षको कोरोना संक्रमणबाट भेरी अञ्चल अस्पतालमा उपचारकै क्रममा भएको निधनमा दुख ब्यक्त गरि दिवंगत आत्माको चिरशान्तीको कामना सहित सोकाकुल परिवारजनमा हार्दिक समबेदना सहितको शोक प्रस्ताव पारित गरेकोछ।करिव दिउसोको १:००बजेबाट प्रारम्भ भएको बैठक बेलुका ५:३० सम्म चलेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *