January 7, 2021

घोडाघोडीमा नगरपालिकाले तोकेको भन्दा ५०%कम रकममा घोडाघोडी क्लबले फोहर उठाउने दाबी

२३ कार्तिक कैलाली ।कैलालीको घोडाघोडीमा नगरपालिकाले व्यवसायीलाई मार पर्ने गरि फोहर संकलन गर्ने रकम तोकेको आरोप लागेको छ । यसैबिच युवाहरूले नगरपालिकाले तोकेको भन्दा झन्डै आधा कम रकममा फोहर संकलन गर्ने जनाएका छन् ।घोडाघोडी क्लबले आज एक विज्ञप्ति जारी गर्दै नगरपालिकाले तोकेको भन्दा ५० प्रतिशतक कम रकममा फोहर उठाउने जनाएको छ ।क्लबका सचिव विष्णु सापकोटाद्वारा जारी बिज्ञप्तिमा नगरपालिकाले समन्वयन नै नगरी जनताको डाढ सेक्ने गरि फोहर संकलन शुल्क तोकिएको आरोप समेत लगाइएको छ ।यस अघि घोडाघोडी नगरपालिका आफैले कामदार खटाएर फोहर संकलन गर्दै आइरहेको थियो । तर, केहि समय देखी सुखड, पहलमानपुर र साडेपनि क्षेत्रको फोहर उठ्न नसकेको घोडाघोडी क्वाले जनाएको छ ।नगरपालिकाले घोडाघोडी उद्योग बणिज्य सङ्घलाई फोहर सङ्कलनको जिम्मा दिएको छ । उद्योग वाणिज्य सङ्घ र नगरपालिका को समन्वयमा फोहर सङ्कलनको रकम तोकिएको छ । तर, व्यापारीलाई मार पर्ने गरि रकम तोकिएको उद्योग वाणिज्य सङ्घका सदस्य होम तामाङले बताए । ‘हामीले व्यापारीलाई सहज हुने गरि फोहर संकलन गर्ने निर्णय गरेका छौँ’ उनले भने ।घोडाघोडी क्लबका उपाध्यक्ष समेत रहेका तामाङले व्यापारीको सहजताको निम्ति शुल्क कम गरिएको बताए ।घोडाघोडी उद्योग वाणिज्य सङ्घले पनि अहिले फोहर संकलन गरिरहेको जनाएको छ ।‘नगरपालिकाले फोहर उठाउन नसक्ने जनाएपछि हामीले जिम्मेवारी पाएका हौँ’ उद्योग वाणिज्य सङ्घका अध्यक्ष जियालाल आचार्यले भने ‘हामीले नगरपालिकासँग समन्वय गरेर रकम तय गरेका हौँ ।’उनले सुखड,साडेपानि पहलमानपुर क्षेत्र भित्र फोहर सङ्कलनको काम भइरहेको जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *