बुढी नन्दा महिला कृषक समूहको प्रथम वार्षिक साधारण सभा सम्पन्न


केशब बोहरा, डेमोक्रेसी सम्बादाता कात्तिक २३ सुखड कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५ देउकलियामा रहेको बुढी नन्दा महिला कृषक समूह प्रथम वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ । कृषक समूहका अध्यक्ष सुर्जा धामीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि मोहन्याल सामुदायिक वन समूहका अध्यक्ष काशीराम बोहरा रहेका थिए ।त्यस्तै विशिष्ट अतिथिमा शान्ति घर बगैँचा कृषक समूहका सचिव गणेश चन्द लगायत विभिन्न कृषक समूहका पधाधिकारीहरुको सहभागिता रहेको थियो । कृषक समूहको आर्थिक वर्ष २०७६/२०७७ को ७१ हजार ८ सय ८० रुपैयाँ बराबरको आय व्यय समूहका सचिव रेखा जोशीले प्रस्तुत गरेकी थिइन् ।बुढी नन्दा महिला कृषक समूहका सचिव रेखा जोशीको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन कृषि प्राविधिक केशव बोहराले गरेका थिए ।