January 5, 2021

प्रचण्डलाई ओलीको प्रश्न : १५ दिनमा सक्ने भनिएको एकीकरणको काम कहाँ पुग्यो ?

‘सधैँभरि सरकार परिर्वतनको दौडधूप किन ?’

facebook sharing button
twitter sharing button
pinterest sharing button
email sharing button
sharethis sharing button

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रश्न गर्ने अध्यक्ष प्रचण्ड लगायतका नेताहरुलाई आफ्नो जिम्मेवारी कति पूरा गर्नुभयो भनेर प्रश्न गरेका छन् ।

ओलीले प्रचण्डलाई कार्यकारी अधिकारसहित पार्टी सञ्चालन गर्ने जिम्मा पाएका अध्यक्ष कमरेडले आफ्नो भागमा परेको कामका सन्र्दभमा के गर्नुभयो ? भन्दै ‘१५ दिनमा सक्ने भनिएको एकीकरणको काम कहाँ पुग्यो ? के मेरा कारण हुन नसकेको हो ?’भनि प्रश्न गरेका छन् ।

‘आफ्नो मान र अभिमान, नियुक्ति र भर्तीका विषयमा बहस गर्ने, आक्रोश पोख्ने र चित्त दुखाउनेभन्दा अरु कुनै विषयमा छलफल गर्न रुची राखेका छौँ र ?’ ओलीले प्रचण्डलाई लेखेको पत्रमा भनिएको छ ।

आफूले आगामी महाधिवेशनबाट अध्यक्ष र आगामी चुनावबाट प्रधानमन्त्री नबन्ने जानकारी गराइसकेको स्मरण गर्दै नेकपा ओलीले सहज नेतृत्व हस्तान्तरणको बाटो छाडेर हरबखत नेतृत्व परिर्वतनको चलखेल किन गरेको भनेर अर्को प्रश्न गरेका छन् ।

‘महाधिवेशन प्रतिनिधिबाट चुनिने र आगामी चुनावसम्म नेकपाको भविष्य सुरक्षित हुन्छ भन्ने विश्वास टुटिसकेको त होइन ? होइन भने किन सधैँभरि सरकार परिर्वतनको दौडधूप ?,’ ओलीको प्रश्न छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *