January 10, 2021

प्रधानमन्त्रीले सारे मन्त्रिपरिषद बैठकको समय

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो १ बजेका लागि बोलाएको मन्त्रिपरिषद बैठक एक घण्टा पछि सारेका छन् ।

पार्टी भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला अध्यक्ष समेत रहेका ओलीले सचिवालय बैठकको समयसँग जुधाएर मन्त्रिपरिषदको बैठक बोलाएका थिए ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले तोकिएकै समय दिउँसो १ बजे बालुवाटारमै सचिवालय बैठक गर्ने बताए पछि ओलीले मन्त्री परिषद बैठक दिउँसो २ बजेका लागि सारेका हुन् ।

यसअघि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको सचिवालय बैठक नरोकिने जानकारी दिएका थिए।

उनले पूर्वनिर्धारित कार्यक्रम अनुसार दिउँसो १ बजे बालुवाटारमा बैठक बस्ने बताएका हुन्।

‘हामो पार्टीको केन्द्रीय सचिवालयको बैठक पूर्व निर्धारित कार्यकम अनुसार आज अपरान्ह १ बजे बालुवाटारमा बस्दैछ’, प्रवक्ता श्रेष्ठले भनेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *