January 6, 2021

मंसिर ७ देखि सम्पुर्ण बिधालय संचालनमा आउने

डेमोक्रेसी ,सम्बादाता कैलाली मंसिर,५ शुक्रबार
कोरोना महामारीको कारणले लामो समय देखि पठनपाठन स्थगित भएको घोडाघोडी नगरपालिकाका सम्पुर्ण सामुदायिक तथा निजि बिद्यालयहरु यहि मंसिर ७ गते आइतबारदेखि सन्चालनमा आउने भएको छ। सरकारले बिधालय सन्चालन सम्बन्धि सम्बन्धित स्थानिय तहको अबस्था बुझेर सुरक्षा मापदण्ड अपनाइ स्थानिय तहलाइ अधिकार् प्रत्यायोजन गरेको छ। त्यसै बिच आज घोडाघोडी नगरपालिकाको शिक्षा समितिले एक कार्यक्रम गरि बिधालय सन्चालनको विषयमा घोडाघोडी नगरपालिका का सम्पुर्ण बिधालयका प्रधानाध्यापकहरु र अध्यक्षहरु सङ अलगअलग छलफल गरेको छ। छलफल मा सुरक्षा मापदण्ड अपनाइ बिधालय सन्चालन गर्नुपर्ने सबै उपस्थित को एकमत रहेको थियो।सोही छलफल सुझाब र अन्तक्रियाको आधारमा केन्द्र सरकारले कोरोनाका कारण यो सत्रमा सम्पुर्ण  शिक्षण सिकाइहरु प्रभावित भैरहेकाका हुदाँ  शिक्षा मन्त्रालयद्वारा जारी गरिएको विद्यालय सन्चालन सम्बन्धि कार्यढाँचा २०७७ ले तोकेको बिधालय सन्चालन सम्बन्धित सुरक्षा मापदण्ड अवलम्बन गरि यहि मंसिर ७ गते आइतबार देखि नियमित बिधालय सन्चालन गरि पठनपाठन शुरुआत गर्ने निर्णय गरिएको हो।सो कार्यक्रमा घोडाघोडी नगरपालिका का नगर प्रमुख ममता प्रसाद चौधरी प्रशासकीय अधिकृत खगेन्द्र ब.सिंह , नगरपालिका शिक्षा शाखा प्रमुख उमेेश रेग्मी शिक्षा समिती पदाधिकारीहरु लगाएत घोडाघोडी नगरपालिकाका सम्पुर्ण बिधालय का प्र.अ.र अध्यक्ष , प्रतिनीधि लगाएतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *