January 5, 2021

यस्ताे रह्याे प्रधानमन्त्रीकाे ताप्लेजुङ भ्रमण (फाेटाे फिचर)


ad
Asianpaints Nepal
ad
ad
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार ताप्लेजुङकाे फक्ताङलुङ गाउँपालिका ६ को घुन्सामा घुन्सा फाउण्डेशनले निर्माण गरेको स्वास्थ्य एकाइ भवन उद्घाटन गर्नुभएकाे छ । 

घुन्सा फाउण्डेशनद्वारा निर्मित भवन उद्घाटनका लागि प्रधानमन्त्री ओली बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत घुन्सा पुग्नुभएकाे हाे । भवन उद्घाटनअघि उहाँले छिमेकी चीनसँगको सीमा क्षेत्र ओलाङचुङगोला क्षेत्रको हवाई निरीक्षण पनि गर्नुभयाे । 

साेमबार नै प्रधानमन्त्री ओली इलाम पुग्ने तय भए पनि खराब माैसमका कारण हेलिकप्टर ल्याण्ड हुन नसकेपछि उहाँ ताप्लेजुङबाटै काठमाण्डाै फर्किनुभयाे । 

प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङलगायत घुन्सा पुग्नुभएकाे थियाे । 

तस्बिर : प्रधानमन्त्रीकाे निजी सचिवालयअन्तिम अपडेट: मंसिर ८, २०७७

ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *