January 3, 2021

इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा भन्सार छलि गर्दै ल्याइएको मोबाइल बरामद

कृष्णनगर, कपिलवस्तु, मंसिर २२

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २
गोलघर स्थितमा अबैध रुपमा भारत बाट नेपाल तर्फ
भन्सार छलि गरि ल्याउदै गरेको आठ थान मोवाईल बरामद गरिएको छ ।
इलाका प्रहरी कृष्णनगर द्वारा खटिएको डिउटी टोलीले उक्त अबैध मोबाइल बरामद गरेको छ । अबैध रुपमा भारत बाट नेपाल तर्फ मोवाईल सेट भन्सार छली गरी लिई आउदै गरेका छन् भन्ने सुचनाको आधारमा मोबाइल बरामद गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।आवस्यक कार्यवाहीका लागी उक्त समान भन्सार कार्यालय कृष्णनगर पठाइएको साथै उक्त मोबाइलको अनुमानित मुल्य रु १,५०,०००-/(एक लाख पचास हजार)
पर्ने कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर ले जनाएको छ ।
आफूहरु अवैध कृयाकलाप रोक्न सधै तत्पर रहेको र आम जनता लगाएत सरोकारवाला संग निरन्तर छलफल गरीरहेको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर इन्चार्ज प्रहरी निरिक्षक सुकदेव पौडेलले जानकारी दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *