January 4, 2021

फोटो पत्रकार महासंघ कैलालीको सदस्यमा श्रेष्ठ र भट्ट मनोनित

डेमोक्रेसी सम्बादाता,कैलाली मंसिर २७

नेपाल फोटो पत्रकार महासंघ कैलालीको सदस्यमा सुदर्शन श्रेष्ठ र समीर भट्ट मनोनित भएका छन् । गोदावरीमा शनिबार बसेको महासंघको बैठकले श्रेष्ठ र भट्टलाई सदस्यमा मनोनित गरेको हो ।

सदस्यमा मनोनित भट्ट रेडियो धनगढीका बरिष्ठ संवाददाता तथा सोधपत्र डटकमका अध्यक्ष हुन । भने श्रेष्ठ अर्थसरोकारको सुदूरपश्चिम संयोजक तथा रेडियो धनगढीका बरिष्ठ संवाददातामा कार्यररत रहेका छन ।

यस्तै आजै बसेको महासंघको बैठकले कोषाध्यक्षमा केशव सिहं धामी र सह कोषाध्यक्षमा पबित्रा ढकाललाई नियुक्त गरेको छ । यसैगरी महासंघले सदस्यहरुलाई तालिम दिने समेत निर्णय गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *