January 3, 2021

खुमलटार बैठकको निष्कर्ष : अध्यादेश अनुचित, ‘काउन्टर’को तयारी !

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम संवैधानिक हिसावले अनुचित रहेको नेकपाका बहुमत सचिवालय सदस्यले बताएका छन् ।

सरकारले मंगलबार अध्यादेश ल्याएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको सचिवालयका बहुमत सदस्यहरुको भेलाले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै त्यसबारे पार्टी कमिटीमा गम्भीर छलफल गर्ने निश्कर्ष निकालेको हो ।

‘बैठक जारी भएका बेला पार्टीलाई कुनै जानकारीसमेत नदिएर अध्यादेश ल्याउनुलाई हामीले गम्भीर विषयकारुपमा लिएका छौँ,’ वरिष्ठ नेता झलनाथ खनालले भने, ‘यसबारे पार्टीमा गम्भीर छलफल गर्छौँ र निर्णय गर्छौँ ।’

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएपछि कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ खुमलटारमा भेला भएर छलफल गरेका थिए ।

अध्यादेशबारे कार्यकारी अध्यक्ष प्रचण्डले रातोपाटीसँग कुरा गर्दै संवैधानिक रुपमै गलत भएको भन्दै तत्काल फिर्ता लिनुपर्ने प्रतिक्रिया दिएका थिए । यसैबीच अर्का नेता माधवकुमार नेपालले पनि प्रधानमन्त्री ओलीको कदम गलत भएको भन्दै तत्काल अध्यादेश फिर्ता लिन माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *