January 5, 2021

शनिबार थप ७१० जनामा कोरोना पुष्टि


पुस-०४
निराजन के.सि,दाङ्ग

पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४७८० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ । उनीहरुमध्ये २ लाख ४२ हजार ५६७ संक्रमणमुक्त भएका छन् भने १ हजार ७७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ८ हजार ८४० संक्रिय संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *