January 5, 2021

प्रचण्ड-नेपाल पक्षलाई बस्नेतको आग्रह- धुम्बाराही र बल्खुमा आँखा नलाउनु, देशभरका पार्टी कार्यालय, सूर्य चिन्ह पनि हाम्रै हो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता महेश बस्नेतले धुम्बाराही र बल्खुमा आँखा नलगाउन प्रचण्ड–नेपाल पक्षलाई आग्रह गरेका छन् । 

उनले प्रचण्ड–नेपाल समूहलाई पेरिसडाँडामा जान  आग्रह गरे । उनले देशभरका पार्टी कार्यालय सबै ओली समूहकै रहने जिकिर गरे । चुनाव चिन्ह सूर्य र पार्टी कार्यालयमा प्रचण्ड–नेपाल पक्षले दाबी नै गर्न नमिल्ने उनको टिप्पणी थियो ।  

अर्को समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो लोकप्रियताको मापन चुनावमा गोलाकार भित्रको हसिँया हतौडा लिएर गर्नुपर्ने उनको भनाइ छ । 

यस्तै अर्का अध्यक्ष माधवकुमार नेपालले सूर्य चिन्ह र पार्टी कार्यालय दाबी गर्नु भनेको विगतमा जारी माग्नु सरह रहेको उनले टिप्पणी गरे ।

उनले भने,  ‘विगतमा जारी माग्ने प्रचलन थियो । अहिले त्यो प्रचलन हराएको छ । मावध कममरेडले सूर्य चिन्ह र पार्टी कार्यालय दाबी गर्ने हो भने पार्टीमा फर्केर कुरा गर्नुपर्छ । नत्र विगतमा जारी दिए जस्तै हो । अहिले त्यो चलन गयो । प्रचण्डले आफ्नो लोकप्रियता गोलाकार भित्रको हँसिया हतौडा चुनाव  चिन्ह लिएर गर्ने हो ।’ 

शनिबार ओली पक्षीय युव संघले आयोजना गरेको कार्यक्रममा भाग लिन पोखरा आएका थिए 

Leave a Reply

Your email address will not be published. Required fields are marked *