January 3, 2021

घोडाघोडी विद्युत् सहकारी सस्थाले विद्युतको महसुल रु९० बाट घटाएर ३० मा झार्यो।

पुस १८ सुखड डेमोक्रेसी सम्बादाता ,घोडाघोडी विद्युत सहकारी सस्थाले विद्युत महसुल घटाएको छ। कैलाली जिल्लाको घोडाघोडी नगरपालिका १ सुखडमा कार्यालय रहेको संस्थाले शनिवार पत्रकार सम्मेलन गरेर विद्युत् महसुल घटाएको बारेमा जानकारी दिएको छ । साबिक रूपमा लिँदै आएको महसुल भन्दा दोब्बर रूपमा विद्युत् महसुल घटाएको संस्थाका अध्यक्ष भीम बडूवालले जानकारी दिए । जनताले खोजी रहेको विद्युतिकरणको लक्ष्य र जनताले खोजे अनुसार अधिकतम राहत पाउने गरी नयाँ महसुल दर तय गरेको बताइएको छ  । सुरुको चरणमा केही मात्रमा शुल्क बढी लिए पनि अहिले विद्युत् शुल्क घटाएको बताइएको छ । २० युनिट सम्म विद्युत् उपयोग गरे बापत पहिला ९० रुपैयाँ लिने गरीएको थियो । तर अहिले नयाँ विद्युत् महसुल अनुसार १० युनिट सम्म विद्युत् उपयोग गरेको उपभोक्ताले अब ३० रुपैयाँ तिर्नु पर्ने भएको छ । युनिट अनुसार इनर्जी शुल्क पनि शुन्य देखी ११ रुपैयाँ सम्म निर्धारण गरएिको घोडाघोडी सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्था लि.का अध्यक्ष भीम बडूवालले जानकारी दिए । त्यसका साथै ग्राहकले प्रयोग गर्ने भोल्टेज र एम्पियर अनुसार इनर्जी शुल्क निर्धारण गरीएको छ । संस्था स्थापना हुँदा खेरी जनतालाई गरेको प्रतिबद्धता अनुसार संस्थाले विद्युत् महसुल घटाएको बताईएको  छ । तल कालिन गाउँ विकास समिति साडेपानि, दरख,रामशिखरझाला, पहलमानपुर, मसुरीया र उदासीपुर गाविसमा विद्युत् करण गर्ने उद्देश्यले २०६५ सालमा घोडाघोडी सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्था लि स्थापना गरीएको थियो । संस्थाले पहिलो चरणमा साबिक साडेपानि गाउँ विकास समिति भित्रका ग्रामीण भेगमा विद्युत् बालेको थियो । दोस्रो चरणमा घोडाघोडी नगरपालिका वडा नम्बर ४, ५, ७, ९ गौरीगंगा नगरपालिकाको वडा नम्बर ११ र कैलारी गाउँपालिकाको वडा नम्बर ८ विद्युत् करणको काम सम्पन्न गरी सकेको छ । त्यस ठाउँका जनता बाट विद्युत् करणका लागी विभिन्न दरले रकम सङ्कलन गरी ९० प्रतिशत सरकारको र १० प्रतिशत जनताको लगानी हुने गरी नेपाल विद्युत् प्राधिकरणले ठेक्का दिएको थियो । ठेक्का दिएको लामो समय पछि द्रोसो चरणको विद्युत् करणको काम सम्पन्न हुने चरणमा पुगेको संस्थाले जनाएको छ । प्रत्यक्ष रूपमा ८ हजार घर परिवारले घोडाघोडी सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्था बाट विद्युत् उपभोग गरी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *