January 5, 2021

शारीरिक अशक्त ब्यक्तिहरु लाई घोडाघोडीमा न्यानो कम्बल बितरण

कैलालीको घोडाघोडी नगरपालिकामा अपांगता भएका ब्यक्तीहरुलाई न्यानो कम्बल बितरण गरिएको छ । पालिका अन्तर्गत वडा नम्बर १ को आर्थिक सहयोगमा वडा भरीका करिब २७ बढीलाई कम्बल बितरण गरिएको जनाईएको छ । अपांगता भएकाहरुले गाउघरमा सरकार भएको महसुस गराउन तथा उनीहरुलाई चिसोबाट बचाउन आफुहरुले कम्बल बितरण गरेको वडा नम्बर १ का वडा अध्यक्ष मनराज शाहीले बताउनु भयो ।

उसो त नगर सरकारले नगरका बिभिन्न वर्ग र समुदाय लक्षीत कार्यक्रमहरु पनि संचालन गर्दै आएको छ । अपांगता भएका ब्यक्तीहरुको सहज जीवनयापन तथा आर्थिक उपार्जनका लागि समेत नगर सरकार गम्भिर बनेर सहयोग गर्दै आएको पाईएको छ । आगामी दिनमा उनीहरुको दैनिकी थप सहज बनाउन सहायक समाग्री बितरण गर्ने कायृयोजना रहेको र त्यसका लागि तयारी थालिएको नगर प्रमुख ममता प्रसाद चौधरीले बताउनु भयो । क्रमश सबै लक्षीत वर्गलाई सहयोग गर्दै आएको पनि उँहाको भनाई छ ।

चिसो समयमा समस्यामा परेका अपांगता भएकाहरुले कम्बल प्राप्त गरेपछि खुशी ब्यक्त गरेका छन । नगर सरकार तथा घोडाघोडीका बिभिन्न सरोकारवालाहरुले अपांगताको सवालमा निकै कारात्मक भुमिका निर्वाह गरेको भन्दै अपांगता भएका छबिलाल चौधरीले बताउनु भयो । सरकारको सहयोगले आफ्नो दैनिकीमा सहज हुदै आएको उनले बताए ।

आम नागरकलाई सिंहदरबारको अधिकार गाउघरमै पाएको अनुभुती दिलाउन तीनै तहका सरकारले गम्भिर रुपमा काम गर्नु पर्ने देखिन्छ । ति मध्ये जनताको नजिकको सरकारको रुपमा व्यवस्था गरिएको स्थानीय सरकारले त झनै बिपन्न वर्ग र समुदायको स्तर उकास्न बिभिन्न सहयोग र अनुदानका कार्यक्रमहरु समेत ल्याउनु पर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *