January 17, 2021

बिसौ सशस्त्र प्रहरी दिवसकोअवसरमा घोडाघोडी मन्दिर परिसरमा सरसफाइ

डेमोक्रेसी सम्बादाता,घोडाघोडी कैलाली माघ ४ आइतबार
कैलाली जिल्लाको घोडाघोडी नगरपालिकाको घोडाघोडी मन्दिर परिसरमा बिसौ सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल पहलमानपुर को अग्रसरतामा सशस्त्र प्रहरी र स्थानीय ले सरसफाइ गरेका छन।घोडाघोडी मन्दिरमा तिर्थालु भक्तजन तथा आन्तरिक र बाह्र पर्यटनहरु आउने गर्दछन उनिहरुले त्यहा फोहोर मैला फैलाउने गरेको साथै मेला महोत्सव लगाएर  छोडदा पनि फोहोर सफा नगरिकन जाने गरेको पाइएको छ ।त्यसैले बिशेषगरि अझै पनि मानिस हरुमा सरसफाइ सम्बन्धि चेतनाको अभाव र जानी जानी लापरबाही गर्ने र सबन्धित निकाय को पनि ध्यानाकर्षण नभएकोले जनचेतना जागोस भन्नको लागि आज सशस्त्र प्रहरी बल पहलमानपुर ले सशस्त्र प्रहरी निरीक्षक जयन्त सिह डडालको अगुवाइमा र स्थानियको उत्साहजनक उपस्थितिमा सरसफाइ कार्यक्रम भएको हो।घोडाघोडी मन्दिर परिसर मा अब फोहोर नफैलाउने अरुलाइ पनि फैलाउन न दिन आफुहरु लागि पर्ने सहभागी तथा स्थानीय ले बताएका छन।मन्दिर जस्तो पबित्र धार्मिक  आस्थाको धरोहर मा सरसफाइ  प्रती सबैको ध्यान जान जरुरी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *