कुसल कार्यक्रम प्रस्तोता अवार्ड पत्रकार कुवर लाई


रेडियोकर्मि चक्र कुँवरले अन्तर्राष्ट्रिय अवार्ड प्रप्त गर्नु भयको छ । लामो समय देखि डोटीमा रेडियो क्षेत्रमा कार्यरत पत्रकार कुँवरले अवार्ड प्राप्त गर्नु भयको हो । वुमेन्स एरा एण्ड मिडियो ग्रुप नेपालले शनिवार राजधानि काठमाण्डौमा आयोजना गरेको हिमालयन अन्तर्राष्ट्रिय अवार्डमा पत्रकार चक्र कुँवरले कुसल रेडियो कार्यक्रम प्रस्तोताको अवार्ड हात पार्नु भयको आयोजक संस्थाका कोर्डनेटर गिता अधिकारिले जानकारि दिनु भयो । अवार्ड प्राप्तिले आफु निकै खुसि र प्रेरणादायी भयको कुँवरले वतायका छन् । कुँवर डोटीमा एफ एम रेडियो पत्रकारिताको स्थापनाकाल देखि कार्यरत हुनुहुन्छ । पत्रकार कुँवर रेडियो डोटीको प्रवन्ध निर्देशक हुन भने नेपाल प्रेस युनियन डोटीको उपाध्यक्ष समेत रहेका छन । सुदुरपश्चिम प्रदेश डोटी जिल्ला बोगटान फुड्सिल गाउपालिकाको सामान्य परिवारमा जन्मिदै रेडियो क्षेत्रमा रिपोर्टिङ देखि रेडियोको सञ्चालक तथा कुसल कार्यक्रम प्रस्तोता समेत भयकोले अवार्डमा छनोट भयको आयोजक संस्थाको भनाइ छ ।