असई चक्र बहादुर मल्ल पौष महिनाको उत्कृष्ठ ट्राफिक प्रहरी घोषीत


१० माघ, सुखड
अस्थाई ट्राफिक प्रहरी पोष्ट साढेपानी सुख्खडमा कार्यरत प्रहरी सहायक निरीक्षक असई चक्र बहादुर मल्ललाई २०७७ साल पौष महिनाको उत्कृष्ठ ट्राफिक प्रहरी घोष्णा गरिएको छ । सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयको ट्राफिक व्यवस्थापनमा स्थानिय तहको सहभागिता भन्ने मुल नारालाई आत्मसाथ गदै ईमान्दार, बफादार कर्तब्यनिष्ठ, अनुशासित, लगनशिल,भई सवारी दुर्घटना न्युनिकरण तथा प्रभावकारी ट्राफिक व्यवस्थापन गरेको भन्दै पौष महिनाको उत्कृष्ठ ट्राफिक प्रहरी घोष्णा गरिएको हो ।
असई मल्लले सरोकारवाला निकायहरु संग आवश्यक समन्वय र सहकार्य गरि सडक सुरक्षा एवं सुरक्षित यात्रामा महत्वपुर्ण योगदान पुर्याउनुका साथै घोडाघोडी नगरपालिकाको सहयोगमा अस्थाई ट्राफिक प्रहरी पोष्ट सुख्खडको लागि मोटरसाईकल, ट्राफिक प्रहरी कर्मचारीहरुको निवाश आत्मनिर्भरका लागि कार्यालय तथा व्यारेक निर्माण कार्यमा अग्रसर भई कार्यालय व्यवस्थापनमा उल्लेखनिय कार्य गर्नुका साथै घोडाघोडी नगरपालिका र उधोग बाणिज्य संघबाट अस्थाई ट्राफिक प्रहरी पोष्ट सुख्खडको लागि ट्राफिक पोष्ट ९बिट० निर्माण समेत गरि प्रशंसनिय कार्य गरेको हुँदा उक्त कार्यको उच्च मुल्याङकन गर्दै प्रहरी सहायक निरीक्षक चक्र बहादुर मल्ललाई २०७७ साल पौष महिनाको उत्कृष्ठ ट्राफिक प्रहरी घोष्णा गदै प्रशंसा पत्र प्रदान गरेको सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।