January 24, 2021

सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा अबैध भारतीय रकम सहित एक ब्यक्ति पक्राउ

कृष्णनगर,कपिलवस्तु, माघ ८

शसस्त्र प्रहरी बल नेपाल बार्डर आउट पोष्ट कृष्णनगर ले भारत बाट अबैध रुपमा भित्राईएको पांच लाख चौतिस हजार पांच सय पचहत्तर(५३४५७५) भारतीय रुपैया बरामद गरेको छ ।कृष्णनगर नगरपालिका वडा नम्बर १ को लिंकगेट चेक प्वाइंट मा शसस्त्र प्रहरी नायब निरीक्षक ठाकुर बहादूर केसी को कमान्डमा खटिएको टोली ले उक्त रुपैया बरामद गरेको हो । भारत तर्फ बाट नेपाल आउदै गरेको पैदल यात्रि जिल्ला बाग्लुंङ निसीखोला गाउपालिका वडा नं. ५ बर्ष ३१ का भागिलाल विक को झोला चेकचाज गर्दा उक्त रकम बरामद भएको छ। भारतीय रुपयाको साथ साथै एक डालर अमेरीकी र दुई सय वैसा ओमानको पनि भेटिएको छ। चेकचाज गर्ने क्रममा ड्युटीमा रहेको शसस्त्र प्रहरी बल नेपाल बार्डर आउट पोष्ट कृष्णानगरको टोलीले बिहिवार बिहान लगभग १० – ११ बजेका बिच उक्त भारतीय रुपैया बरामद गरेको हो ।सो बरामद गरिएको पैसा र मान्छेलाई आवश्यक कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालय बुटवलमा पठाउने तैयारी गरिरहेको कुरा शसस्त्र प्रहरी बल नेपाल बार्डर आउट पोष्ट कृष्णानगरका शसस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्य ले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *