July 19, 2021

नेपाल गोल्डेन आइडलको फाइनलिस्ट निहारिका बोहरालाई जिताउनको लागि सुखड्मा कन्सर्ट

माघ १८ सुखड ।सातौँ संस्करणको नेपाल गोल्डेन आइडलको फाइनलमा पुगेका ९ जना प्रतियोगीहरूले सुखडमा आफ्नो प्रस्तुति देखाएका छन् । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका १ सुखडमा रहेको सप्त श्री माध्यमिक विद्यालयको प्रागणमा भएको कार्यक्रममा उनीहरूले आफ्नो प्रस्तुति देखाएका हुन् । ‘फाइनलिष्ट लाइभ कन्सर्ट एण्ड म्युजिकल टुर’ कार्यक्रममा राष्ट्रिय कलाकार रमेश राज भट्टराई लगायत स्थानीय कलाकारहरूले आफ्नो प्रस्तुति समेत देखाएका थिए । फाइनलमा पुगेका ९ जना प्रतिष्पर्धीहरुले सुखडमा भएको कार्यक्रममा आफ्नो प्रस्तुति देखाएका थिए । अहिले उनीहरू देश दौडाहामा छन् । फाइनलमा पुगेका प्रतियोगीलाई देशव्यापी रूपमा परिचित गराउने उद्देश्यले ‘फाइनलिष्ट लाइभ कन्सर्ट एण्ड म्युजिकल टुर’ कार्यक्रम मार्फत देश दौडाहामा  गरएिको आयोजक संस्थाका निर्देशक गुरुङले बताउनुभयो । जसमा गायनतर्फका पाँच जना र नृत्यतर्फका पाँच जना रहेका छन् । यसरी फाइनल पुग्नेमा गायनतर्फ सङ्खुवासभाका मदन लिम्बु, ललितपुरका सुमन लामा घिसिङ, खोटाङका किस्मत चाम्लिङ राई, काठमाण्डौँकी सुजिता योञ्जन रहेका छन् । यसै गरी नृत्यतर्फ झापाकी स्वस्तिका काफ्ले, कैलालीकी नेहारिका बोहरा, बाँकेकी मनीषा परियार, दाङकी जेबीका रेउले, काठमाण्डौकी आकृति पोखरेल फाइनलमा पुगेका हुन् । गायन तथा नृत्यमा गरी यो प्रतियोगीताका लागि देशका विभिन्न ११ स्थानमा अडिसन भएको थियो । अडिसनमा गायन र नृत्यतर्फ गरेर ४ हजार ७ सय जना सहभागी भएको कार्यक्रम निर्माता तथा गोल्डेन स्टार मल्टिमिडियाका निर्देशक सरन गुरुङले जानकारी दिए । प्रतियोगिताको निर्णायकमा गायक तथा सङ्गीतकार रामभक्त जोजीजु, विनोद बानियाँ, गुरुङ फिल्मकी निर्देशक जसु गुरुङ र कोरियोग्रफर निरुता गुरुङ रहनुभएको छ । टुर कार्यक्रम ललितपुर, दमकको झापा, संखुवासभा, खोटाङ, कैलाली, बाँके र दाङमा हुने बताइएको छ ।  प्रतियोगिताको फाइनल माघ २४ गते शनिवार पोखरामा हुने गोल्डेन निर्देशक गुरुङले जानकारी दिए । नेपाल गोल्डेन आइडल सिजन ७ का गायन र नृत्यमा टप हुने एक एक जनाले दश दश लाख रुपैयाँ  र  अन्य थुप्रै उपहारहरू पाउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *